मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो चौबीस घण्टामा ४३० संक्रमित थपिए, पाँचजनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा ४३० संक्रमित थपिए, पाँचजनाको मृत्यु


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सयजनाको पीसीआर गरिएकामध्ये ४३० जनाको नतिजा पोजेटिभ आएको छ । 

नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ३९० जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५९ हजार ३ सय ५८ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३७ जना छन् भने चार हजार चार सय आठजना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।