मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावमा जान डराउनेहरूले केपी वलीको विरोध गरे : भिम कडायत

चुनावमा जान डराउनेहरूले केपी वलीको विरोध गरे : भिम कडायत

नैतिकताकोआधारमा पदबाट राजिनामा दिए : पूर्व अर्थ मन्त्रि बोहरा


नैतिकताकोआधारमा पदबाट राजिनामा दिए : पूर्व अर्थ मन्त्रि बोहरा

अछाम : नेकपा ओली समुहका केन्द्रीय सदस्य तथा कम्युनिस्ट पार्टि अछामका संस्थापक भिम बहादुर कडायतले चुनावमा जान डराउनेहरूले केपी वलीको विरोध गरिरहेका बताएका छन्।

चुनाव हुने भएपछि जनताले नपत्याउने थाह पाएकाहरू चुनाव देखि डराएर वर्तमान सरकारको विरोध गरिरहेका उनको आरोप छ।

पार्टी विभाजनको सबै दोस वलीलाई दिनेहरू आफु पानी मुनिको ओभानो हुन खोजेकाले पार्टी फुटाउने मुख्य दोसी दोसी माधव र प्रचण्ड भएकोआरोप लगाए ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपिश्च्म प्रदेशको पूर्व आर्थिक मामिला मन्त्री झपट बहादुर बोहराले राजनीति संग संगै आर्थिक क्रान्तिलाई पनि जोड दिनुपर्ने बताए । आफुले नैतिकताको राजनिती गर्ने ब्यक्ति भएकाले केपी वलीको पक्षमा होमिएको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य यज्ञ बोगटीले केपी वली नेतृत्वको पालामा अछाम जिल्लामा थुप्रै विकास निर्माणका कामहरू भएको बताए । क्षेत्र न २ मा आफु निर्वाचित भएपछि जिल्लाका महत्त्वपूर्ण योजनाहरूको काम सम्पन्न गरेकाले जनताहरू केपी वलीको साथमा रहने विश्वास ब्यक्त गरे।

पार्टीका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भैरे कामी, कृष्णप्रसाद जैसी, देब बहादुर कुवर, पदम बोहरा, भिम बहादुर बिष्ट , कमल रावल,मना अधिकारी, शिव प्रसाद उपाध्याय , अनेरास्ववियुका केन्द्रीय सदस्य कमल ढुंगाना लगायतले मन्तब्य राखेका थिए।

पार्टीका प्रदेश कमिटी सदस्य सरिता उपाध्यायको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव डिबी साउदले गरेका थिए । पार्टीको आम सभा हुनुअघि बजारमा बृहत रयाली भएको थियो ।