मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माफ गर्नुस् हजुरले नि आफ्नो बयान गर्नु भो

माफ गर्नुस् हजुरले नि आफ्नो बयान गर्नु भो


  • प्रदीप रोदन

लागेको थिएन यसरी चासो होला चियो होला।
अहो फेरि कसको गलामा पासो कसियो होला।

रिसाउँदा छोडेर जाने भए गए हुन्छ भनियो,
खुशीमा तिमी बिना मर्छु नि त भनियो होला।

तिम्रो तौल बताउँन सक्ने तागत अझै पनि छ,
सुनलाई कति महङ्गो चिजले जोखियो होला?

गाउँको घरमा रहेछ स्वर्गिय आमाको तस्विर,
शहर जाने छोराको झोला के ले भरियो होला।

माफ गर्नुस् हजुरले नि आफ्नो बयान गर्नु भो,
म उठिहालेँ भन्ने कुरा अझै बाँकी थियो होला।

गोरखा