मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ९ हजार कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा विश्वमा ९ हजार कोरोना संक्रमितको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ । 

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ ।