मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : ६ जनाको मृत्यु, थप ४०३ जना संक्रमित

कोरोना अपडेट : ६ जनाको मृत्यु, थप ४०३ जना संक्रमित


काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। 

योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ४०५ संक्रमणमुक्त भएका छन्। 

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६६ हजार ५४६ पुगेको छ। 

तीमध्ये दुई लाख ६० हजार १७७ जना संक्रमणमुक्त भएका छन्। यस्तै सक्रिय संक्रमितको संख्या चार हजार ४२६ रहेको छ।