मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीको बोझ अब देशले बोक्न सक्दैन : नेपाल

केपी ओलीको बोझ अब देशले बोक्न सक्दैन : नेपाल


काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक हो भन्ने फैसला सर्वोच्च अदालतबाट आउने आशमा आफूहरु रहेको बताएका छन्। 

नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले केपी ओलीको तीव्र आलोनचा गरे। 

उनले भने, ‘उहाँले काम गर्न दिइएन भन्दै हुनुहुन्छ। उहाँलाई मनपरी काम गर्दा पनि पुगेन सबै शक्ति आफ्नो हातमा लिँदा पनि पुगेन। सत्ताको दुरुपयोग गर्दा पनि पुगेन।

उहाँले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोज्नुभयो। उहाँले जथाभावी नियुक्ति गर्नेदेखि लिएर गलत काम गर्दै हिँड्नुभयो। पदका निम्ति अयोग्यहरुलाई छानेर अघि बढ्नुभयो।’

आफूहरु (पुष्पकमल दाहाल, झलनाथ खनाललगायत) केपी ओलीको दास नभएको बताउँदै पार्टीमा विधि, पद्धतिका बारेमा छलफल गरौं भन्दा ओलीले नमानेको गुनासो गरे।