मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी दुर्घटनामा ६ जनाको मृ’त्यु

सवारी दुर्घटनामा ६ जनाको मृ’त्यु


काठमाडौं– नवलपरासी (पश्चिम), सुनसरी, बारा, सिरहा, सप्तरी र कैलालीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृ’त्यु भएको छ। प्रहरीका अनुसार रामग्राम नगरपालिका–१० मन्झरियामा लु९ प २०८ नम्बर र लु३१ प ६५१५ नम्बरका २ मोटरसाइकल आपसमा ठक्क’र खाई दुर्घटना हुँदा लु९प २०८ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय बीरेन्द्र चौधरीको मृ’त्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै तिनाउ अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरी रामधुनी नगरपालिका–१ शिवचोकमा ना५ ख ५२३६ नम्बरको बसको ठक्करबाट पहिचान नखुलेकी महिलाको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा जितपुर सिमरा उपमहानगरपालिका–७ शिवपार्वती टोलमा ना६ त २७५६ नम्बरको ट्याक्टरबाट लडेर चालक सोही उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय जयरुप मण्डलको बुधबार राति मृत्यु भएको छ। लडेर गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरा हुँदै थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

सिरहा नरहा गाउँपालिका–३ खोरियामा स१ त ५८१९ नम्बरको ट्याक्टरमा स१० प ७७७० नम्बरको मोटरसाइकल बुधबार साँझ ठक्कर खाँदा मोटरसाइकल चालक सिरहा नगरपालिका–१५ बस्ने २४ वर्षीय विश्वनाथ यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी राजगढ गाउँपालिका–४ शम्भुनाथ–बनैनिया सडकमा स९प ४५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १७ वर्षीय कृष्ण यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज हुँदै धरान घोपामा थप उपचारका क्रममा मृत्यु भएको हो।

कैलाली धनगढी उपमहानगरपालिका–७ मनेहरा हुलाकी सडकमा बा६९ प ५१८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कैलाली गौरीगंगा नगरपालिका–१० बस्ने २७ वर्षीय जीवन चौधरीको घटनास्थलमै मृत्यु भएको छ।