काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। काठमाडौंको त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा सुरु हुने क्रिकेट प्रतियोगिताको तयारी पूरा भइसकेको आयोजकले बताएको छ।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) अन्तर्गतको पीएम कप नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दैछ। १० टोलीको सहभागिता रहने प्रतियोगितामा क्यानले दुई समूहमा बाँडेर खेल गराउने छ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश छन्। समूह ‘बी’तर्फ नेपाल पुलिस, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन्।
प्रतियोगिताका १४ खेल त्रिवि मैदानमा हुनेछन् भने बाँकी ९ खेल मूलपानी मैदानमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी माघ १७ गते हुनेछ। क्यानले जारी गरेको तालिकाअनुसार माघ ४ बाट १२ गतेसम्म हरेक दिन दुईवटा खेल हुनेछन्।
माघ १३ र १६ गते (दुई दिन) ब्रेक राखिएको छ। समूह चरणको खेल सकिएपछि एक दिन र फाइनल खेलअघि एक दिन ब्रेक राखिएको हो। त्यस्तै सेमिफाइनल र फाइनलका सबै खेल त्रिवि मैदानमा हुने क्यानले जनाएको छ।
प्रतिक्रिया