मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिद्वारमा विश्वकै ठूलो मेला सुरु

हरिद्वारमा विश्वकै ठूलो मेला सुरु


काठमाडौं- कोरोना महामारीका बीच भारतमा विश्वकै ठूलो मेला कुम्भ मेला सुरु भएको छ।

गंगा नदीको किनारमा लाग्ने मेलामा विश्वभरबाट लाखौं मानिस उत्तराखण्डको हरिद्वार पुग्छन्।

पहिलो दिन बिहीबार नै करिब १० लाख मानिसले मेला भरेको अनुमान छ। यस वर्षको कुम्भ मेला सात सातासम्म चल्नेछ। 

कोरोना महामारी साम्य नहुँदैै सुरु भएको यो जमघटले संक्रमण फैलाउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन्।  

हरेक वर्ष यही समयमा कुम्भ मेला लाग्छ। गत वर्ष उत्तर प्रदेशको इलाहबादमा लागेको मेला साढे ५ करोड मानिस सहभागी भएका थिए। 

कुम्भ मेलालाई युनेस्कोले पनि अमूर्त सांस्कृतिक सम्पदाको मान्यता दिएको छ ।