मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाखमा चुनाव नभए ओलीलाई हटाइन्छ : सहमहामन्त्री महत

वैशाखमा चुनाव नभए ओलीलाई हटाइन्छ : सहमहामन्त्री महत


काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखमा निर्वाचन हुनुपर्ने बताएका छन्। संसद् विघटनविरुद्ध कांग्रेसको ललितपुर महानगरपालिका समितिले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महतले सर्वोच्च अदालतले विघटनलाई सदर गर्‍यो भने कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुनुपर्ने बताएका हुन्। 

उनले भने, ‘वैशाखमा निर्वाचन नगरेर आलटाल गरियो भने आन्दोलनको आँधिबेहरी आउँछ र केपी ओली नेतृत्वको सरकारलाई हटाइन्छ।’ उनले ढिलोचाँडो निर्वाचन हुने र त्यसको तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

‘पुनर्स्थापना भयो भने दुई वर्षपछि र विघटन सदर भयो भने तत्कालै निर्वाचन हुन्छ। निर्वाचन जहिले होस्, हामी तयारीमा जुट्नुपर्छ,’ उनले भने, ‘यदि सत्ता लम्बाउने खेलमा सरकार लाग्यो भने आन्दोलन गर्न समेत तयार हुनुपर्छ।’ 

उनले कांग्रेसले संसद् चाहेको बताए। ‘पुनर्स्थापनामार्फत् वा निर्वाचनमार्फत् होस् हामीलाई जसरी पनि संसद् चाहिन्छ,’ उनले भने। उनले राज्यको स्रोतसाधन सरकारले आफ्नो स्वार्थका लागि प्रयोग गरेको भन्दै अलोचनासमेत गरे।

‘कम्युनिस्ट सरकारले राज्यको साधन स्रोत आफ्नो फाइदाका लागि प्रयोग गरेको छ। ‘जनताले उपचार नपाएर मर्नुपर्ने अवस्था छ। तर, उपप्रधानमन्त्रीको नेतृत्वको संयन्त्रले भ्रष्टाचार गर्छ,’ उनले भने, ‘अहिले कम्युनिष्ट नेताहरू लाख र करोडमा भ्रष्टाचारको कुरा गर्दैनन्।

अर्बभन्दा तल कम्युनिस्ट नेताहरूले सोच्दै सोच्दैनन्।’ महतले कांग्रेस जनताको अनुमोदन विना सत्तामा नजाने भन्दै आगामी निर्वाचनमार्फत जनताले कम्युनिष्टलाई सधैँका लागि बिदाइ गर्नुपर्ने बताए। – नेपालसमय