मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ – तपाईंको स्तर थाहा पाएँ

प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ – तपाईंको स्तर थाहा पाएँ


काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर थाहा पाएको बताएका छन् । ओलीले उनलाई ‘केटो’ भन्दै कटाक्ष गरेपछि जवाफमा योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।”

योगेशले ओलीलाई केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै कुर्सी प्राप्त गरेको यथार्थलाई नभुल्न पनि उनले सुझाव दिएका छन् । ओलीले काठमाडौंमा शनिबार आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताएका थिए ।  

“म कुनै बैगुनी केटा केटीको बारेमा कुरा गर्न चाहन्न । हाम्राबीचमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडीकन गएर भोट मागरे यो केटालाई जिताएर पठाउनुस् । मन्त्री बनाएर पठाइदिन्छु । मन्त्री बनाइयो । एक दिन त पुक्क लात्तिले हानेर भाग्यो । को भनेर हेरेको त उही केटो,” ओलीले भनेका थिए ।