मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप पाँच संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो

थप पाँच संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका ३५ सय आठमध्ये २६६ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा आइतबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार तीन सय २२ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सयजना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार ४४४ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३१ जना छन् भने ३९ सय १९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।