मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली अब प्रधानमन्त्री रहेनन् : भीम रावल

ओली अब प्रधानमन्त्री रहेनन् : भीम रावल


धनगढी: नेकपा(प्रचण्ड–नेपाल) समूह सुदूरपश्चिमका इन्जार्च भीम रावलले अब देशको प्रधानमन्त्री केपी शर्मा ओली नरहेको बताएका छन्।

बुधबार धनगढीमा बोलन्या थलीको कार्यालयमा आयोजित कार्यक्रमा उनले प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री पदमा बस्नु संविधान विपरित भएको टिप्पणी गरेका हुन। 

‘नेपालको संविधान अनुसार प्रधानमन्त्रीको मृत्यु भएमा, राजीनामा दिएमा, अविश्वासको प्रस्ताव पारित भएमा र प्रतिनिधि सभाको सदस्य नभएमा उक्त व्यक्ति पदमा रहन्न। अब प्रधानमन्त्रीले ओली स्वंयले संसद् विघटन गरेका छन्।

अनि प्रतिनिधि सभाको सदस्य नै नरहेका उनी कसरी प्रधानमन्त्री भए ?’ उनले प्रश्न गरे। यस्तै नेता रावलले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेता कार्यकर्ताले काम गर्न नदिएको भन्दै लगाएको आरोप गलत भएको प्रस्टिकरण दिएका छन्।

उनले भने, ‘हामीले एमसीसी पारित नगरौं, लिपुलेक लिम्पियाधुरा सहितको नक्सा निकालौं, भारतबाट आउने विषादीयुक्त तरकारी परीक्षण गरौं भन्दै विरोध गर्यौं।  तर ती कुरा उहाँले मान्नुभएन। त्यही हो हामीले काम गर्न नदिएको।’