मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन महिला बहुउद्देश्यि सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

मंगलसेन महिला बहुउद्देश्यि सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न


अछाम । मंगलसेन महिला बहुउद्देश्यि सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनकला न्यौपाने ढुंगानाको अध्यक्षमा सम्पन्न भएको १९ औँ बार्षिक साधारण सभाका प्रमुख अथिति मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय रहेकी थिईन् ।

संस्थाका अध्यक्ष न्यौपानले बर्ष भरी भएका प्रगति विवरणको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै संस्थाका कोषाध्यक्षले आर्थिक आय व्यायको प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनलाई साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

संसथालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउदैँ लैजाने अध्यक्ष मनकला न्यौपानेले बताईन् । सभामा प्रमुख अथिति रहेकी नगरकी उपप्रमुख उपाध्यायले सहकारीले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुका साथै आगामी दिनमा साथ र सहयोग रहने बताईन् ।

बार्षिक साधारण सभामा संस्थामा इमान्दार, सक्रिय र अनुशासित भएर राम्रो काम गरेको भन्दै ७ जना शेयर सदस्यहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरिएको थियो । बार्षिक साधारण सभामा संस्थाका पदाधिकारी लगायत अन्य अथितिको समेत सहभागिता रहेको थियो ।