काठमाडौं । कोभिड १९ विरुद्धको खोप पहिलो पटक बिहीबार ल्याइने भएको छ ।
बिहीबार बिहान ११ बजे अन्तराष्ट्रिय विमानस्थलमा एउटै उडानमार्फत् १० लाख डोज खोप झारिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।
खोप भण्डारणका लागि विमानस्थलमा मर्मत गरिएको एउटा र टेकुस्थित ८ वटा कोल्डचेन तयारी अवस्थामा राखिएको छ ।
केन्द्रीय भण्डारण केन्द्रबाट रेफ्रिजेरेटर भ्यानमार्फत् प्रदेश र विभिन्न तहमा क्रमशः वितरण गर्ने योजना रहेको खोप विभाग प्रमुख डा. झलक गौतमले जानकारी दिए ।
भारतबाट ल्याइने खोप रेगुलर अर्थात् २ देखि ८ डिग्री सेल्सियस क्षमताका कोल्डचेनमा भण्डारण गर्न सकिन्छ ।
प्रतिक्रिया