मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वको सबैभन्दा अग्लो स्थानमा नेपाली शान्ति सैनिक तैनाथ

विश्वको सबैभन्दा अग्लो स्थानमा नेपाली शान्ति सैनिक तैनाथ


काठमाडौं । मध्यपूर्वी राष्ट्र सिरियाकोे हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिकले सन् २०१३ देखि नै दिँदै आएको शान्ति सुरक्षा निरन्तर जारी छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्र संघको यूएनडीओएफ अन्तर्गत रहेर नेपाली शान्ति सैनिकले सिरियाको अति संवेदनशील माउण्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको चिसो सिरेटोमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको छ । 

यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले शान्ति सैनिकहरु तैनाथ भएका हुन् ।

विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतिय धरापहरु छन् भने द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल पनि बढी नै हुने गरेको विज्ञप्तीमा उल्लेख छ । 

करिव ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खटिने अधिकांश फौजहरु मुस्ताङ्ग जिल्लाको कैसाङ्गस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भुगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन् ।

उक्त इलाकामा हिउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारवाहीहरु संचालन गरिन्छ ।