मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब देशमा संकट पर्छ तब कांग्रेसको आवस्यकता हुन्छ : कुवर

जब देशमा संकट पर्छ तब कांग्रेसको आवस्यकता हुन्छ : कुवर


अछाम : नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामका सदस्य रामवहादुर कुवरले देशमा संकट परेकाे वेला कांग्रेसकाे अावस्कता हुने गरेकाे वताएका छन् ।

असंवैधानिक कु काे बिरुद्धमा कांग्रेसले अाज देशभरका सबै वडाहरुमा गरेकाे बिराेधसभाका कार्यक्रम अनुसार अाज मेल्लेख गाउपालिका वडा नम्बर ७ नन्देगडामा भएकाे विराेधसभामा प्रमुख अथिति कुवरले साे कुरा वताएका हुन् ।

हरेक कालखण्डमा देशमा हुने संकटकालिन अवस्थामा कांग्रेसकाे नेतृत्वमा समस्याको समाधान हुने गरेकाे वताए । २००७ देखि ०४७, हुँदै ६२/६३ काे अान्दोलन काे अगुवाइ गर्दै देशलाई अस्थिरता वाट स्थिरतामा ल्याउन कांग्रेसकाे महत्त्वपूर्ण भुमिका रहेकाे उनकाे दावि छ ।

कांग्रेसको नेतृत्वमा निमार्ण भएकाे संविधानमाथि कम्युनिस्ट सरकारले कु गरेका कारण कांग्रेस अहिले संविधानकाे वचाउकाे निम्ति सडकमा अाएकाे कुँवरको भनाई छ ।

नारा जुलुस सहित नन्देगडा बजार परिक्रमा पछि बिच बजारमा पुर्व वडा कार्यसमिति सभापति केवलसिह बुढाको सभापतित्वमा कार्यक्रम भएको थियो।

नेविसंघका जीवन बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन नेविसंघका गंग बुढाले गरेका थिए।