मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागीरिको आईपीओ आज बाँडफाँट हुने

चन्द्रागीरिको आईपीओ आज बाँडफाँट हुने


काठमाडौं । चन्द्रागीरि हिल्सको आईपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बाँडफाँट गर्ने गर्न लागिएको हो ।  

कम्पनीको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । ४५ हजार ६३१ आवेदन रद्द भएका छन् । 

१२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६०० आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने छन् । बाँकीको हात रित्तो हुनेछ ।

यसैबीच, चन्द्रागीरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

हिल्सले सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेकाले आवेदन दिने सबैलाई सम्मानस्वरुप यो व्यवस्था गरेको जनाएको छ ।

छुट पाउने आवेदन दिएको प्रमाण पेस गर्नुपर्छ । आवेदनकर्ताले एक वर्षसम्म यस्तो छुट पाउनेछन् ।