मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाका कारण थप सातजनाको मृत्यु

नेपालमा कोरोनाका कारण थप सातजनाको मृत्यु


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  पीसीआर गरिएका तीन हजार ५४५ मध्ये ३०२ जनाको नतिजा पोजेटिभ आएको छ ।

नेपालमा शुक्रबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६८ हजार ९४८ जना पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ४८० जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ ।

हाल क्वारेन्टिनमा १५८ जना छन् भने तीन हजार ६१४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।