मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपी ओलीले ५० वर्षसम्म दुःख मात्रै दिए : माधव नेपाल

केपी ओलीले ५० वर्षसम्म दुःख मात्रै दिए : माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले आफूसँगको ५० वर्षे सहकार्यमा केपी ओलीले दुःख मात्रै दिएको बताएका छन् ।

नेकपाले शुक्रबार काठमाडौंमा आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन ।

उनले भने, “५० वर्षसम्म जहिले पनि दुःख दिए । जहिले पनि हैरान मात्रै गरे । मैले थुमथुम्याउने, मलाई सधैँ दुःख दिए । उहाँ सधैँ अरुको हुर्मत लिन खोज्नुहुन्छ ।”

आफूमात्रै नभएर उनले प्रचण्डलाई पनि दुःख दिएको उनले बताए । ओलीले विधानभन्दा आफूलाई माथि ठानेको आरोपसमेत नेपालले लगाए ।