मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमसभा कस्तो हुन्छ भन्ने २३ गते देख्नु होला : ओली

आमसभा कस्तो हुन्छ भन्ने २३ गते देख्नु होला : ओली


काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरूले वास्तविक जनप्रदर्शन (आमसभा) गरेर देखाउने बताएका छन ।

शुक्रबार काठमाण्डौमा पेसागत विशेष जिल्ला ब्युरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताए ।

उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे ।

प्रचण्ड–माधव समूहले काठमाण्डाैमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए ।

यस्तै विरोध सभालाई देशभरिबाट अलि–अलि  मान्छे जम्मा भएको टिप्पणी गरे ।