मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश सर्वोच्च अदालतका न्यायमूर्तिको हातमा छ : नेता पौडेल

देश सर्वोच्च अदालतका न्यायमूर्तिको हातमा छ : नेता पौडेल


विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश न्यायमूर्तिको हातमा रहेको बताएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई साथलिएर जुनसुकै बेला संसद विघटन गरिदिनसक्ने भन्दै पटकपटक निर्वाचनमा जानुपर्ने वाध्यता आउने भन्दै सर्वोच्च अदालतले यसलाई रोक्ने आफ्नो अपेक्षा रहेको बताए । 

“चुनाव गर्न मात्रै जनतामा जाने हो की विकास पनि गर्ने हो जनताको ? अदालतबाट प्रधानमन्त्री ओलीको निर्णय सदर गर्ने हो भने कार्यकारी अधिकार हातमा लिएपछि राष्ट्रपति साथमा भएपछि जे पनि गर्न पाइने भयो नेपालमा ।

जनताको भोटको के अर्थ,” विराटनगर विमानस्थलमा आज नेता पौडेलले भने, “भोट हाल्यो, त्यो भोट एउटा सन्की आएर फाल्दिहाल्छ । यो राष्ट्र जोगाउने एउटै आधार सर्वोच्च अदालतका न्यायमूर्ति हुनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।”