मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको एक नम्बरमा (भिडियोसहित)

‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको एक नम्बरमा (भिडियोसहित)


काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा तीनदिन अगाडि अपलोड गरिएको चलचित्र युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायत कलाकार मुख्य भूमिकामा छन् ।

खाने पानीको अभावको कथा समेटेको चलचित्रलाई रोहित अधिकारीले निमर्ण गरेका हुन् । ‘छ माया छपक्कै’ दर्शकले हलमा रुचाएको चलचित्र हो ।

डिजिटल राइट्स लिएका तर लामो समय होल्ड गरेका बसेका युट्युब च्यानल कम्पनीहरुले केहीसमय यता युट्युबमा चलचित्र अपलोड गरिरहेका छन् ।