मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा २३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

चौबीस घण्टामा २३२ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा २३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३८६ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ । 

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ । 

मन्त्रालयका अनुसार ३ हजार ४५२ जना आइसोलेसनमा छन् । १४७ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण गरिएको छ ।