मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् : ओली

दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् : ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् । काठमाडौंमा अपांगता भएका व्यक्तिहरुको समस्या र सवाल विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“म पनि अलिअलि अपांगता भएको व्यक्ति हुँ । अर्काको किड्नीको सहारा लिनुपरेको छ,” ओलीले भने, “अपांगता कमबेसी होला । अपांगता होइनौं भन्ने ठूला व्यक्तिहरु मानसिकरुपमा झन् बढी अपांगता भएका व्यक्ति छन् ।

दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।” उनले संसद् विघटन भयो भनेर कराउनेहरु लोकतन्त्र र देशविरोधी मान्छे भएको आरोप पनि लगाए ।

“अस्तव्यस्त भयो भने देशमा स्थायित्व हुन नदिने ?,” ओलीको भनाइ थियो, “बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउनुपर्छ रे । संसद् भनेको जालझेल हो ? पाँचैवर्ष जागिर खाने हो ? अरुको इशारामा काम गर्ने भएपछि यस्तै हुन्छ ।”