मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

जनगणनाको लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो


काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिवेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो । विभागले करिब ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारीसमेत गराएको छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ । ०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

जनगणना विभिन्न प्रविधि अपनाई गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपक्षीको समेत जनगणना गरिने उनले बताए ।अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेबसाइटअन्तर्गतको सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्यांक विभागको वेबसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक आठवटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको १२औँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । १२औँ जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।