मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो किर्ते सरकार हो : भीम रावल

यो किर्ते सरकार हो : भीम रावल


धनगढी- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले केपी शर्मा ओली सरकार ‘किर्ते सरकार’ भएको बताएका छन्।

धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै रावलले प्रधानमन्त्री ओलीले राजपत्रमा पहिलेको मिति राखेर किर्ते गरेको बताए। 

‘अब केपी शर्मा ओली सरकार होइन् किर्ते सरकार हो’ डा. रावलले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई पत्र लेख्दा कुनै धारा उल्लेख गरेको छैन, राजपत्र पनि नक्कली रुपमा पहिलेको मिति राखेर सरकारले किर्ते गरेको छ।’

उनले निर्वाचनको विषय अहिले छलफलको एजेण्डा नभएको बताउँदै अहिलेको मुख्य विषय किर्ते काम र लोकतान्त्रमाथिको प्रहार रोक्ने रहेको बताए। 

‘उनीहरु अगाडि सरेको तपाईँहरुले सुनिसक्नुभयो मैले भन्नै परेन’, डा. रावलले भने, ‘यस्तो परिस्थितीमा किर्ते कामलाई कसरी रोक्ने, लोकतन्त्रमाथिको प्रहारलाई कसरी रोक्ने मुख्य मुद्दा हो।’

उनले दुईदुई पटक अरबौँ रकम खर्चेर गरेर निर्माण गरिएको संविधान ओलीले बीचमै खतम पार्न खोजेको आरोप लगाए।

‘कोरोना महामारीको प्रकोप भएको बेला खोपका लागि खरबौं रकम आवश्यकता परेको छ त्यसमा थप आर्थिक संकट निम्त्याउने गरी केपी शर्मा ओलीले अलोकतान्त्रिक काम गर्नुभएको छ’ उनले भने, ‘त्यसको नकारात्मक प्रभाव कसरी रोक्ने आजको मुख्य आवश्यकता हो।’