मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो


काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लाे २४ घण्टामा थप दुई सय ७० जनाको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ । 

त्यस्तै गएको २४ घण्टामा चार सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ ।

यो कुल सङ्क्रमितको ९८ प्रतिशतभन्दा धेरै हो । अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।