मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्यो दिन मलाई पनि जुलुसमा गन्नु !

त्यो दिन मलाई पनि जुलुसमा गन्नु !


  • एसपी कलौनी

जुन दिन भोको पेट जाडोमा कठ्याँग्रीई मृत्युको दोसाँधमा बाँचेका समाजको तल्लो तप्का जुरुक्क माथि उठाउने विचार, योजना, र कार्यक्रम मंचका भाशणमा सुनाइञ्छन, मलाई पनि त्यो थपडी बजाउनेको लहरमा ठान्नु !

जुन दिन शिक्षाको उज्यालो किरणबाट बन्चित हुने र उपचारै नपाइ बर्षौं रोग पाल्नु पर्ने बाध्यता अन्त गर्न राष्ट्रिय जागरण र निर्माणका लागि आह्वान हुन्छन, मलाई पनि त्यो सहयोगीहरूको लाममा भेट्नु !!

जुन दिन ‘वैदेशिक रोजगारीमा गएका नेपाली युवा अकालमा मृत्यु भै लासका बाकस फर्किएका’ जस्ता हृदय विदारक विषयको निरुपण नेपाली राजनीतिको एजेण्डा बनि प्रदर्शन आयोजना हुन्छन, मलाई पनि त्यो जुलुशमा गन्नु !!!