मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी सडकले चम्किदैँ अछामका स्थानिय बजार

मध्यपहाडी सडकले चम्किदैँ अछामका स्थानिय बजार


फाईल फोटो साँफेबगर ।

अछाम ।

पूर्व पाँचथरको चियोभञ्ज्यांग देखि पश्चिम बैतडीको झुलाघाटसम्म पहाडै पहाड जोड्ने मध्य पहाडी राजमार्गको ६५ किलोमिटर सड्क अछाम खण्डमा पर्छ । उक्त खण्डको काम लगभग अन्तिम चरणमा पुगेको छ । पुष्पलाल लोकमार्ग नाम दिईएको उक्त सड्क खण्डको अन्य ठाँउमा समेत काम धमाधम भईरहेका छन् ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत अछाम खण्ड जोड्का लागि ६५ किलोमिटर सड्क निर्माणको काम २०७२ सालमा सुरु भएको थियो । मध्य पहाडी सडकले अछामका बजार र ग्रामीण जीवन स्तरमा परिवर्तन ल्याउन थालेको छ ।

पूर्वी अछामको बेलखेतबाट प्रबेश गरेर अछामको मध्यभागबाट चौखुट्टे हुदै जाने सडकमा छेउमा बजार बिस्तार, बस्ती विकास, ग्रामीण सडक निमाण र कृषि उत्पादनले चमक ल्याउन थालेको छ ।

मध्यपहाडी राजमार्गले यातायातमा सहजता बजारको बिस्तारिकरण, कृषि उत्पादनमा बृद्धि र बसाईसराई रोकेको स्थानीय नम बहादुर बिष्टलेको भनाई छ । सडक कालोपत्रे भएपछि यातायातमा सुबिधा ल्याएसगै सडक छेउमा बजार बिस्तार र आर्थिक क्रियाकलापको विकास हुन थालेका उनले बताए ।

मध्यपहाडी सकड निमार्णसगै बेलखेत, बिनायक, गैरीटाढ, ठाँटीखाद, ठुलासेन र कैलाश खोला क्षेत्रमा बजार बिस्तार हुन थालेका हुन । सडक छेउका बजारमा मानिसहरु लगानी लाएर होटल पसलहरु स्थापना गर्नेको सख्या बढेन थालेको कैलाख रिसोर्टका संचालक दिपक रावलले बताए ।

मध्यपहाडि राजमार्ग कालोपत्रेसगै कर्णाली प्रदेश र अन्य तराईका जिल्ला जान सहजता भएको छ । मध्यपहाडी राजमार्ग करिब ६५ किलोमिटर अछाम खण्ड २०७२ बाट सुरु भएर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।