मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले थप १० जनाको मृत्यु

कोरोनाले थप १० जनाको मृत्यु


काठमाडौं । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । 

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा २ हजार ११ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  पीसीआर गरिएका ४ हजार ८ सय ५८ मध्ये ३ सय ३९ जनाको नतिजा पोजेटिभ आएको छ । 

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या २ लाख ६९ हजार  ७ सय ८९ जना पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १ जना निको भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । 

हालसम्म क्वारेन्टिनमा १ सय ३२ जना छन् भने ३ हजार  २ सय ४० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।