मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतारीमा बसेर घोषणा गरेका अध्यक्षलाई आयोगले खत्तम पार्दिएछ : ओली

चौतारीमा बसेर घोषणा गरेका अध्यक्षलाई आयोगले खत्तम पार्दिएछ : ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिस बैठक छाडेर चौतारामा बसेर पार्टी अध्यक्ष घोषणा गरेको तर  निर्वाचन आयोगले खत्तम बनाइदिएको बताएका छन् । नेकपा दाङ जिल्ला कमिटीले सोमबार आयोजना गरेको जिल्ला भेलामा उनले माधव नेपाललाई कटाक्ष गरेका हुन् ।

निर्वाचन आयोगले प्रक्रिया नपुगेको भन्दै आइतबार दुवै समूहले आयोगमा पठाएको विवरण अद्यावधिक गर्न मानेको थिएन । उसले पार्टी एकतापछि २०७५ जेठ २३ गते बुझाएको कमिटीलाई नै मान्यता दिएको थियो र त्यसमा हेरफेर गर्न नसकिने बताएको थियो ।

भेलालाई सम्बोधन गर्दै उनले केही मानिसहरू पार्टी छाडेर गएको, आन्दोलन समाप्त पार्न लागेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई आरोपित गरेका हुन् । “उनीहरू बैठकमा नआएर निर्वाचन आयोग गएर हामी नै आधिकारिक हौँ भने ।

दश दिनपछि गएर फेरि हामीले दाबी गर्नै पर्दैन भने । त्यसपछि पनि गएर निर्वाचनको तयारी नगर्न भने । केही मानिसहरू सरकारलाई असफल बनाउन लागेका छन् ।

पार्टी फुटाउन लागेका छन् । म असफल भएर केही हुँदैन । देश असफल हुनुहुँदैन,” उनले भने ।उनले देशमा अराजकता, अशान्ति नचाहेको भन्दै प्रचण्ड-नेपाल समूहले हामीले भनेको भएन भने भन्दै धम्क्याउन खोजेको पनि बताए ।