- हिम बिस्वकर्मा
अमेरिकाको एउटा प्रसिद्ध मेडिकलकलेजको ग्यालरीमा कुनै दिन एउटा सहयोगि कर्मचारी हातमा बाल्टी बोकी हतार हतार प्रयोगशाला तिर जादै थिए । ठिक त्यसैबेला उनको विपरित दिशाबाट कलेजका कार्यकारी निर्देशक आईरहेका थिए । उनी सहयोगी कर्मचारीलाई निहाल्दै गम्भीर भएर आफ्नो कार्य कक्ष भित्र पसे ।
करिब एक घण्टा पश्चात निर्देशकले उक्त सहयोगी कर्मचारीलाई कार्यकक्ष भित्र बोलाउदै शान्तमुद्रामा गम्भिरता सहित सोधे ! महासय तिमीले अघि बाल्टीमा बोकेर कुन चिज लिदै हुनुहुन्थ्यो ? ति चिजहरुको महत्व के हाम्रो जिवनसंग जोडिएको छ ?
ति चिजहरूलाई मेडिकल कलेजले कहाँ कहाँबाट ल्याउने गरेको छ ? यहाँलाई थहा छ । निर्देशकको प्रश्न पश्चात सहयोगी कर्मचारीले जवाफ दिए, महोदय मैले ! बाल्टीमा डाक्टरहरूको अभ्यास कक्षमा पुर्याउन भ्यागुताहरू बोकेको थिए ।
भ्यागुताहरूको सफल शल्यक्रिया पश्चात डाक्टरहरूले मानिसहरूको शल्यक्रिया गर्ने अनुमति प्राप्त गर्दछन। हाम्रो मेडिकल कलेजमा संसारभरबाट विद्यार्थिहरू चिकित्साशास्त्रको अध्ययन गर्न आउने हुँदा विश्वभरको विभिन्न देशको हवापानीमा हुर्केका भ्यागुताहरूको हाम्रो कलेजले व्यवस्थापन, संरक्षण र संवर्धन गर्ने गर्दछ । यिनीहरू सारै महंगा हुन्छन ।
सहयोगिको निसंकोच जवाफ पश्चात निर्देशकले उत्साहित हुदै सोधें ! यस्तो महत्वपूर्ण कुराको जानकारी हुँदाहुदै पनि तपाईले बाल्टीको ढाकन किन न लगाएको ? कुनै एउटा भ्यागुत्ता बाल्टीबाट बाहिर उफ्रेर गए समस्या सृजना हुदैन र ?
प्रश्न पश्चात सहयोगीले मुस्कुराउँदै जवाफ दिए ! हजुर मैले यिनीहरूसंग करीब ३० वर्ष देखी साथ निभाई रहेको छु । यिनीहरूको आचरण, व्यवहार र प्रवृतिलाई राम्रो संग निहाल्ने र अध्ययन गर्ने मौका पाएको छु । यिनीहरू मध्ये कुनै पनि एक भ्यागुता आजसम्म बाल्टीबाट उफ्रेर बाहिर जान र नयाँ कुराको अनुभूति गर्न सफल भएको छैन ।
किन की ? कुनै एकले उफ्रेर बाहिर जान खोज्दा अर्कोले पछाडीबाट खुट्टा समातेर भित्रै तानिहाल्छ । यी अवोधहरूलाई अर्काको जीवन रक्षाका लागि आफूले आहुती दिनु पर्ने कुराको ज्ञान नै छैन । तसर्थ ! म बाल्टीको ढाकन लगाउदैन । किन कि ? यिनीहरू कसैमा बाल्टी भन्दा बाहिरको वातावरणिय अनुभुती गर्न सक्ने क्षमता नै छैन भन्ने कुरामा म विश्वस्त छु ।
एक आपसमा अवरोध सृजना गरी आफू पनि उफ्रन नसक्नु अरूलाई पनि उफ्रेर बाहिर जान न दिनु यिनीहरूको नकारात्मक प्रवृति सहितको दैनिकी नै बनि सक्यो हजुर ।
लेखक बिश्वकर्मा समाज परिवर्तनका लागि बिगत २ दशक भन्दा बढी देखि बिभिन्न सामाजिक संघ सस्थामा आबद्द छन्।




















प्रतिक्रिया