मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ई-सेवा प्रयोगकर्ता ४० लाखभन्दा धेरै

ई-सेवा प्रयोगकर्ता ४० लाखभन्दा धेरै


काठमाण्डाै – ई-सेवा प्रयोगकर्ताको संख्या ४० लाख नाघेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई-सेवामा प्रत्यक्षरूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको हो ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ई-सेवामार्फत सेवा लिइरहेका छन् । अहिले ई-सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (ई-सेवा जोन तथा पोइन्ट) रहेका छन् ।

अहिले ई-सेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् । तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत ई-सेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् ।

यस ग्रुपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई-सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्ने गरेको छ ।

ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले आउँदाे दिनमा ई-सेवालाई विकास गर्दै लैजाने बताए । ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ ।