हिम बिश्वकर्मा
हिमालमुनी पहाडको बीचमा सारै सुन्दर रमणीय स्थल थियो । यसै स्थलको किनारमा सारै मनोरम उपवन थियो । उपवनको बिचोबिच विशाल ईनार थियो । उक्त ईनारमा श्यामलाल नामको भागुताको ठूलो परिवार वर्षौ देखी बसोबास गर्दै आईरहेको थियो । श्यामलालको पारिवारीक एकता, आपसी सद्भाव, सहमति, शान्ति, समृद्धिको प्रसंशा चारैतिर चलेको थियो ।
श्यामलाल वृद्ध हुदै गईरहेको थियो । एकदिन श्यामलाई अचानक बिमारीले चाप्यो र देह त्याग गर्यो । श्यामलालको स्वर्गारोहण पश्चात परिवारमा दिन प्रति दिन कलह मच्चिन थाल्यो । एक अर्काको सम्मान र विश्वास गर्ने परिवारमा एकले अर्का माथि अर्काले अर्का माथि शंका, उपशंका गर्न थाले ।
जस कारण विभिन्न कुरामा द्वन्द्व सृजना हुन थाल्यो । अन्ततहः एक दिन उक्त परिवार दुईटा खेमामा बाढीन पुग्यो । परिवारको एउटा खेमा श्यामलालको जेठो छोरा चुन्नलाल र अर्को खेमालाई माईलो छोरा मन्नुलालले नेतृत्व गर्न थाले । वि–विस्तारै चुन्नले आफ्नो परिवारलाई पहिले कै अवस्थामा फर्काउन सजगता र सर्तकता सहित व्यवस्थापन र परिचालनमा जोड दियो ।
चन्नुको परिवारले शान्ति, समृद्धि, उन्नती र प्रगति हाँसिल गर्दै गयो । चुन्नको परिवारको उन्नती प्रगतिलाई देखी मुन्नुको मन भित्र दिनानुदिन रिस, डाह र ईर्षा जाग्न थाल्यो । उसलाई चन्नुको परिवारलाई समाप्त गर्ने पाप जाग्दै गयो । चन्नुको परिवार भने मुन्नको पनि उन्नती प्रगति होस भन्ने चिन्ता गरि रहन्थ्योे ।
तर, मन्नु भने चुन्नुको परिवारलाई बाह्य आक्रमण गराएर समाप्त गर्ने जाल बुन्दै थियो । यसै शिलशिलामा मुन्नु कुँवा बाहिर निस्केर वरपर आवतजावत गरिरहन्थ्यो । धेरै दिनको खोजीनीति पश्चात एक दिन मुन्नुले घना घाँस भित्र कमजोर अवस्थामा थला परेरे सुतिरहेको अजिंगरलाई देख्यो । उँ अजिंगरको नजिकै गयो र कमजोरीको कारण सोध्न थाल्यो ।
मुन्नुको प्रश्न पश्चात अजिंगरले आफु बिरामी भएको र खाना नपाएर कमजोर हुन पुगेको कुरा सुनायो । अजिंगरको दिएको कुरा सुनेर मुन्नुले भन्यो ! म तिमिलाई सजिलै खाना मिल्ने ठाउँमा लिन्छु । तर, तिमीले मैले संकेत गरेको सदस्यलाईमात्र आफ्नो आहार बनाउनु पर्छ । धेरै दिन देखी आहारा नपाएको अजिंगरले उक्त प्रस्तावलाई स्विकार्यो ।
मुन्नुले चुन्नुको परिवारलाई थहा नहुने गरी अजिंगरलाई ईनार भित्र लिएर लुकेर बस्न आग्रह गर्यो । अजिंगर ईनारमा लुकेर बसिसके पछि मुन्नुले चुन्नको परिवारका प्रत्येक सदस्यलाई पालैपालो देखाउँदैं गयो र अजिंगरले मुन्नको परिवारका प्रत्येक सदस्यलाई पालैपालो आफ्नो आहारा बनाउदै गयो । प्रत्येक दिन पेटभरी आहारा प्राप्त हुदैजादाँ अजिंगरको बिमार पनि निदान भयो र उसको शरीरमा शक्तिले चमक लिदै गयो । मुन्नुको संकेत अनुसार अजिंगरले जब मन्नु सहित उसको परिवारका सबै सदस्यलाई आहारा बनाएर सक्यो ।
अर्को दिन अजिंगरलाई भोक लाग्यो र उसले चुन्नको छोरालाई आफ्नो आहार बनायो । चुन्नुले अजिंगरले आफ्नो परिवारमा प्रहार गरेको कुरा थाहा पायो । उसले अजिंगरलाई आफूहरु बिच भएको सहमति अनुसार आफ्नो परिवारका सदस्यहरुलाई आहार नबाउनु आग्रह गर्यो । तर, अजिंगरले भने मुन्नुको कुराको वेवास्ता गर्दै उसको परिवारका प्रत्येक सदस्यहरुलाई पालैपालो आफ्नो आहारा बनाउदै गयो । अब, मुन्नुको परिवारका सबै सदस्यहरु पनि अजिंगरको आहार बन्दै सकिन थाले ।
एक दिन जब मुन्नु मात्र बाँकी थियो र अजिंगरले मुन्नुलाई आफ्नो आहाराका लागि च्याप्प समात्यो मुन्नुले आफूलाई छोडी दिन विन्ति गर्यो । तब अजिंगरले भन्यो मुर्ख तिमी त मेरो झन महत्वपूर्ण आहारा हौं । किन भने ? तिम्रै कारण मैले पुर्नःजन्म पाएँको छु भन्दै मुन्नुलाई आफ्नो मुख भित्र हाल्यो ।
जस पश्चात मन्नु पनि अजिंगरको आहारा बन्दै विलिन भयो । चुन्नुका लागि बुनेको जाल मन्नु कै लागि पनि काल बन्यो । अजिंगर भने ईनारको बादशाह बन्न सफल भयो ।
लेखक बिश्वकर्मा समाज परिवर्तनका लागि बिगत २ दशक भन्दा बढी देखि बिभिन्न सामाजिक संघ सस्थामा आबद्द छन्।
प्रतिक्रिया