मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्यो आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गर्यो आन्दोलन घोषणा


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको कांग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

यही माघ १९ गते कांग्रेसको भातृसंगठनले विरोध प्रदर्शन गर्ने, २४ गते कांग्रेसको शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने र ३० गते जिल्ला कार्यसमितिहरुको नेतृत्वमा  प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो ।

राष्ट्रिय रुपमा भने आन्दोलन तय गरिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राष्ट्रिय रुपमै आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने आवाज उठाए पनि केन्द्रीय समितिले निर्णय नगरेको हो ।