मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा ३०३ संक्रमित थपिए, ६ जनाको मृत्यु

चौबीस घण्टामा ३०३ संक्रमित थपिए, ६ जनाको मृत्यु


काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार १७ पुगेको छ ।

गत चौबीस घण्टामा चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गरिएकामा तीन सय तीनजनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७० हजार ९२ पुगेको छ ।

त्यस्तै २८५ जना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको संख्या भने दुई लाख ६४ हजार आठ सय २३ जना पुगेको छ । हालसम्म क्वारेन्टिनमा १२२ जना छन् ।

आइसोलेसनमा तीन हजार दुई सय ५२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।