मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुने आखामा धोएका परेली

रुने आखामा धोएका परेली


अमरदीप शर्मा

रुने आखामा धोएका परेली
जुरेली नचाउने मनका तरेली

द्वन्द्द्बाद उचाल्ने मस्किने हासो
हितकारी माया गलाको पासो !

श्रममा ग्रसित भ्रमको नासो
पीडा भो सुन्दर शरिरको टासो

भयभित हित बाड्यौ को सित
रोग जगाउने कस्तो भो प्रीत !!