मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणमा पनि खाेप ल्याउने तयारी लगभग पूरा

दोस्रो चरणमा पनि खाेप ल्याउने तयारी लगभग पूरा

‍ खोप ल्याउन र लगाउन मात्रै बाँकी : स्वास्थ्य मन्त्रालय


‍ ‘खोप ल्याउन र लगाउन मात्रै बाँकी : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले दोस्रो चरणमा कोरोनाविरुद्धको खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकेको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ । 

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र अब खोप ल्याउने र लगाउने काम मात्रै बाँकी रहेको बताउनुभयो । उहाँकाअनुसार नेपाल सरकारले भारतसँग खोप खरिदसँगै अनुदानमा पनि खोप उपलब्ध गराउन अनुरोध गरेको छ । तर, भारतले अब खोप अनुदानमा पठाउने नपठाउने निश्चित भइसकेको छैन । 

खरिद गरिने खोपको मूल्यसमेत निर्धारण हुन बाँकी रहेको डाक्टर समिर अधिकारीले बताउनुभयो । यस्तै, पहिलो चरण अन्तर्गतको खोप आज पनि वितरण गरिँदै छ । हिजो प्राविधिक कारणले खोप पुर्‍याउन नसकिएका जिल्लामा आज खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो प्रदेश १ का १४ जिल्लामध्ये ८ जिल्लामा मात्रै खोप लगाउन सुरु गरिएको थियो  । यस्तै, लुम्बिनी  प्रदेशका केही जिल्ला र  सुदूरपश्चिमको बाजुरामा पनि हिजो खोप लगाउन सुरु भएको थिएन ।

आज देशका ७७ वटै जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । उहाँकाअनुसार हिजो खोप लगाउन बाँकी रहेका लक्षित वर्गलाई आज पनि खोप दिइने छ । 

हिजो ९ हजार ८४ जनाले विभिन्न खोप केन्द्रबाट खोप  लगाएका थिए । भारतले गएको ८ गते नेपाललाई कोरोनाविरुद्धको खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो । 

विज्ञले ढुक्क भएर खोप लगाउन आग्रह गर्दै आएका छन् । हिजो खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । – उज्यालो