मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिविरमा ३ सय ४४ जनाको घट्ना दर्ता

शिविरमा ३ सय ४४ जनाको घट्ना दर्ता


अछाम । मंगलसेन नगरपालिकाले सञ्चालन गरेको व्यक्तिगत घट्ना दर्ता शिविरमा ३ सय ४४ जनाको घट्ना दर्ता गरिएको छ । नगरपालिका मार्फत यहि पुष २० देखी माघ ५ गतेसम्म नगरका ११ वटा स्थानमा सञ्चालन भएको शिविरमा यसअघि दर्ता गर्न छुटेका ब्यक्तिगत घट्ना दर्ता कार्य गरिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग अन्तरगत सामाजिक सुरक्षा तथा व्यक्तिगतद घट्ना सुदृढिकरण आयोजना सेवा ईकाइ मंगलसेन नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत शिविर सञ्चालन गरिएको थियो । सबै ११ वटै केन्द्रमा भएको घट्ना दर्ताको तथ्यंक अनुसार सबैभन्दा बढी मृत्युदर्ता १३४ जनाको भएको छ भने जन्मदर्ता १२० जनाको, बिवाह दर्ता ७७ जनाको, बसाईसराइ १३ परिवारको गरिएको छ नगरपालिकाका सूचना अधिकारी बिष्णुप्रसाद जैशीले जानकारी दिए।

शिविरमा २ वटा गुनासो दर्ता समेत भएको उनको भनाइ छ । नगरपालिका मार्फत शिविर स्थलका लागि २४ जना स्वंसेवक परिचालन गरि घट्ना दर्ता कार्य सञ्चालन गरिएको थियो । राष्ट्रिय परिचयपत्रको लागि बिवरण संकलन अभियान पनि संसंगै भएका कारण घट्ना दर्ता शविर पनि जनताको सहजताका लागि सोही स्थानमा संचालन गरिएको थियो ।

नगरपालिकाको वडानम्वर १ र २ का लागि १ नम्वर वडा कार्यालय, वडानम्वर ३, ४ र ५ को सम्वन्धित वडा कार्यालय, ६ र ७ को ७ नम्वर वडा कार्यालयमा दर्ता शिविर सञ्चालन गरिएको थियो । यस्तै वडानम्वर ८ र ९ का लागि ९ नम्वर वडा कार्यालय, १० र ११ का लागि ११ नम्वर वडा कार्यालय तथा वडानम्वर १२ र १४ को सम्वन्धित वडा कार्यालयमा दर्ता शिविर सञ्चालन गरिएको थियो ।

दर्ता शिविर र राष्ट्रिय परिचयपत्रको बिवरण संकलन कार्य एउटै स्थानमा गरिदा सेवा लिन सहज भएको स्थानीयको भनाई थियो । नगरले संचालन गरेको शिविरले सत प्रतिशत घट्ना दर्ता गर्ने सरकारको लक्ष पुरा गर्न पनि टेवा पुगेको नगरपालिकाको बिश्वास छ ।