मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानातिना मतभेद भुलेर शहीदको सपना साकार पारौ : देउवा

सानातिना मतभेद भुलेर शहीदको सपना साकार पारौ : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका लागि सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपना साकार पार्नुपर्ने बताएका छन्।
    
शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

“लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुनेछ,”   देउवाले भनेका छन्, “यसबाट नै विद्यमान विसंगतिको अन्त्य र राष्ट्रले द्रुततर रुपमा विकास निर्माणका कार्यहरु गर्न सक्छ।” उनले  सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुने परिकल्पना र विश्वासका साथ वीर सपूतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेको बताएका छन्।    

सभापति देउवाले शुक्रवार सामाजिक सञ्जालमार्फत भूपी शेरचनको कविता उल्लेख गर्दै शहीदप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्। विसं १९९७ देखि २०६२र६३ को जनआन्दोलन हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनःस्थापनाको लामो संघर्षमा अनेकौं वीर सपूतहरुले आफ्नो प्राणको आहुति दिएका छन् । 

नेपाली नागरिकलाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफूलाई उत्सर्ग गर्ने अमर शहीदहरुमा श्रद्धा व्यक्त गर्न, उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न ‘शहीद दिवस’ मनाइदै आएको छ।