मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुङ्गानाद्धारा कांग्रेस अछामको उपसभापति पदबाट राजीनामा

ढुङ्गानाद्धारा कांग्रेस अछामको उपसभापति पदबाट राजीनामा


अछाम : नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएका छन् । बिपी स्मृती भवन मंगलसेनको पार्टी कार्यालयमा बिहीबार बसेको जिल्ला कार्य समितिको बैठकमा उनले राजिनामाको पत्र दर्ता गराएका हुन् ।

ढुङ्गानाले माघ १६ गतेको मिति राखेर पदबाट राजीनामा दिएका बुझिएको छ । यस बिषयमा बिस्तृतमा जानकारी दिन उनले माघ १८ गते पत्रकार सम्मेलन गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समसामयिक समाजिक, राजनैतिक बिषयमा मेरो आफ्नो धारणा प्रष्ट पार्न अछाम बहुमुखी क्याम्पस मंगलसेन अछामको सभाहलमा मिति २०७७ मा १८ गते आइतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छु । यसै सुचनालाई आधार मानी मलाई माया सद्भाव राख्नुहुने पत्रकार, राजनीतिकर्मी र शुभेच्छुक सम्पूर्णमा उपस्थितिका लागि सादर अनुरोध गर्दछु ।’