मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सांसद रावलको वडामा पहिरो : ४ दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

नेकपा सांसद रावलको वडामा पहिरो : ४ दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश


अछाम : नेकपा पार्टी परित्याग गरि अछाम जिल्लामा दर्जनौं कर्याकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका वडा न ७ पुल्लेतोला बाट शिक्षक सहित ४ दर्जनभन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश भएका छन ।

नेपाल कम्युनिस्टपार्टी नेकपा सुदुर पश्चिम प्रदेश संसदीय दलका सचेत सांसद अक्कल रावलको वडाबाट शिक्षक सहित ४ दर्जनभन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश भएका हुन्।

नवप्रवेशिहरुलाई नेपाली कांग्रेस अछामका पुर्व पाटी सभापति पुष्प बहादुर शाहले पाटीमा स्वागत गरेका थिए । उनीहरुलाई कांग्रेस स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथि शाहले यो देशमा अब कांग्रेसको विकल्प नरहेको बताए ।

जसको उदाहरण पुल्लेतोलाबासि जनता लगायत देशै भरि कांग्रेस प्रवेश गर्नेहरुको लहरले देखाइ सकेको भन्दै अब जनता कम्युनिस्टको झुटो खेतिमा नलाग्ने उनको भनाई थियो । उनले गत चुनावमा जनताले कम्युनिस्टलाई दिएको जनमतको अपमान गरेको समेत आरोप लगाए ।

कार्यक्रम बिशेष्ठ अतिथि नेपाली कांग्रेस महासमिति सदस्य एवम् पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहेका थिए। कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट, पदम राज अधिकारी, नेपाली कांग्रेस अछाम क्षेत्र न २ का क्षेत्रिय सभापति लक्ष्मण शाह, जिल्ला सदस्य टेकबहादुर शाहले मन्तब्य राखेका थिए।

क्षेत्रिय सदस्य सुरत रावल, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर बिक, नेपाल शिक्षक संघका पुर्व जिल्ला सदस्य हर्क रावल, अमरकुमार ढकाल, नेपाल विद्यार्थी संघ अछामका नेता पुष्प बिष्ट, नवीन शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कांग्रेस पन्चदेवल विनायक नगरपालिका वडा न ७ का वडा सभापति निर्प रावलको सभापतित्वमा भएको कार्यक्रममा तपेन्द्र रावलले स्वागत र टंक बहादुर भण्डारीले संचालन गरेका थिए।