मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लड्डु कांग्रेसीले ओलीलाई उचाल्दै छन् : गगन थापा

लड्डु कांग्रेसीले ओलीलाई उचाल्दै छन् : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुश’ कदममा केही ‘लड्डु कांग्रेसी’ले साथ दिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा थापाले भने, “संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु कांग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् ।

थापाले नेतृत्वलाई प्रश्न गरे, “तपाईं संविधानको पक्षमा कि विपक्षमा ?’’ केही कांग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेको भन्दै उनले बीपी कोइरालाका कार्यकर्ताले त्यसो भन्न नसुहाउने बताए ।

“सर्वोच्चमा उभिएर बीपी कोइरालाले कतैबाट प्रभावित नभए मात्र अदालतको प्राण तटस्थतामा मात्र रहन्छ, दायाँ–बायाँ हेरेर हैन, संविधान हेरेर न्यायको रोहमा बसेर फैसला गरोस भन्नुभएको थियो,’’ उनले भने, “त्यो पार्टीका कार्यकर्ता हामी अदालतबारे बोल्नु हुँदैन हैन, अदालतले के गर्दै छ भनेर हेरने आँट गर्जुपर्छ ।’’