मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड–नेपाल समूहले आज धनगढीमा शक्ति प्रर्दशन गर्दै

प्रचण्ड–नेपाल समूहले आज धनगढीमा शक्ति प्रर्दशन गर्दै


काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले आज कैलालीको धनगढीमा शक्ति प्रर्दशन गर्ने भएको छ ।

दिउँसो १ बजे खुलामञ्चमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले प्रदर्शन गरेको थियो । 

प्रदर्शनलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित नेकपाले समानन्तर बैठक तथा शक्ति प्रदर्शन गर्दै आएका छन् ।