अछाम : जिल्ला अस्पतालमा जारी रहेको कोभिड १९ बिरुद्धको खोप अभियानमा ४ दिनमा जम्मा ९ सय ३८ जनाले कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।
पहिलो दिन जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, बयालपाटा अस्पताल र मंगलसेन नगरपालिका अन्र्तगतका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय ३६ जनालाई खोप लगाईएको थियो ।
जसमा ९९ जना स्वास्थ्यकर्मी मात्र रहेको र अन्य १ सय ३७ जना स्वास्थ्यसंग सम्बन्धीत अन्य कर्मचारी रहेका थिए । दोश्रो दिन स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
तेस्रो दिन पनि २ सय ७३ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । उनका अनुसार ५८ जना पुरुष र २ सय १५ जना महिला गरी २ सय ७३ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन ।
चौथो दिन आज २ सय २९ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुगाँनाले बताए । यो अवधिमा छुटेकलाई भोली पनी लगाईने उनले जानकारी दिए।
प्रतिक्रिया