मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड

ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : प्रचण्ड


धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने तर्क गरेका छन् । शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने हैसियत राख्ने जिकिर गरे ।

विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् संसद् पुनःस्थापनाको पक्षमा रहेको उनले दाबी गरे ।नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नदिएको उनले बताए ।

‘‘उहाँले जबर्जस्ती गर्नुभयो । संसद् जीवित छ,’’ प्रचण्डले भने । संसद् विघटन नभएको उनको भनाइ छ । ‘‘संसद् भंग भएको छैन । संविधानलाई कुल्चेर भंग भयो भन्दैमा हामीले मान्नुपर्ने छ र ? केपी सरकार विघटन भयो भन्ने मेरो भनाइ छ,’’ उनले भने ।

सर्वोच्च अदालतले संविधानलाई राम्रोसँग बुझ्छ भन्ने आफूहरुको विश्वास रहेको उनले बताए ।प्रधानमन्त्री ओलीले जनताको सार्वभौम अधिकारमाथि कुल्चिएको आरोप उनले लगाए । उनले ओलीलाई ‘कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तका एजेन्ट’को संज्ञा पनि दिए । तस्बिरः प्रचण्डको फेसबुकबाट ।