मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले मात्रै संविधान बचाउँन सक्छ : कांग्रेस वरिष्ठ नेता पौडेल

कांग्रेसले मात्रै संविधान बचाउँन सक्छ : कांग्रेस वरिष्ठ नेता पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।

वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘

‘संविधान बचाएर, संसद् पुनःस्थापन गरेर चुनावमा जाने हो,’’ पौडेलले भने, ‘‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’’

उनले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताए ।