मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावलको ‘कमान्डिङ’मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

रावलको ‘कमान्डिङ’मा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन


धनगढी: शनिबार नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभालाई नेकपा नेता भिम रावलले नेतृत्व गरेका थिए। सभालाइ सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी पुगेका थिए।

धनगढीमा सो समूहले र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको छ। उक्त र्‍यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका हुन्।

धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्‍याली कार्यक्रम स्थल खुलामञ्चम पुगेर टुङ्गिएको थियो। बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोधसभाको आयोजना गरेकोथियो ।