मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ दिनको अवधिमा अछाममा ११७७ जनाए खोप लगाए

५ दिनको अवधिमा अछाममा ११७७ जनाए खोप लगाए


अछाम : जिल्ला अस्पतालमा जारी रहेको कोभिड १९ बिरुद्धको खोप अभियानमा स्वास्थ्य संग सम्बन्धित ११ सय ७७ जनाले खोप लागाएका छन् ।

५ दिन सम्म खोप अभियानमा जिल्लाका ११ सय ७७ जना लक्षित समुहले कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप लगाएका हुन् ।

आज २ सय ३८ जनाले कोरोना बिरुद्धको खोप लागाएका छन । १ सय ८ महिला र १ सय ३१ पुरुष गरी जम्मा २ सय ३८ जनाले खोप लगाएका हुन् ।

जसमा ८७ जना स्वास्थ्यकर्मी, ४६ जना अन्य सहयोगी कर्मचारी, ५४ जना महिला स्वास्थ्य स्वयं सेविका, ३ जना सरसफाईकर्मी, १ जना एम्बुलेन्स चालक र ४८ जना शब ब्यबस्थापनमा खटिने सुरक्षाकर्मी रहेका छन्।

खोप अभियान अन्तर्गत पहिलो दिन २ सय ३६ जना, दोश्रो दिन २ सय जना, तेस्रो दिन २ सय ७३ जना, चौथो २ सय २९ जना र आज २ सय ३८ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुगाँनाले बताए ।